फेन्सिङमा आर्मी टिम च्याम्पियन

पोखरा - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङमा आर्मी ५ स्वर्णसहित टिम च्याम्पियन बनेको छ। शुक्रबार पोखरा रंगशालामा पुरुष ईपी टिम इभेन्टमा एपीएफलाई पराजित गर्दै आर्मीले स्वर्ण जितेसँगै फेन्सिङमा च्याम्पियन बनेको हो।

ईपी फाइनलको विभागीय प्रतिस्पर्धामा आर्मीले सशस्त्रलाई ४५-२८ स्कोरमा पराजित गर्‍यो। वाग्मती र गण्डकीले कांस्य पदकमा चित्त बुझाएका छन्। आर्मीले यसअघि नै पुरुष सेवर टिम, महिला ईपी टिम, महिला व्यक्तिगत फोयल र महिला व्यक्तिगत ईपीमा स्वर्ण जितेको थियो।

आर्मीले ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक जोडेको छ। फेन्सिङतर्फ वाग्मती ४ स्वर्णसहित दोस्रो, एपीएफ २ स्वर्ण सहित तेस्रो र १ स्वर्णसहित सुदूरपश्चिम चौंथो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×