काठमाडौँ - स्पेनिस ला लिगाअन्तर्गत गएरातिकाे खेलमा लिग लिडर रियाल मड्रिडले जित हात पारेकाे छ। उसले घरेलु टाेली इल्चेविरुद्व ३-० काे सहज जित हात पारेकाे हाे।
म्यानुएल मार्टिनेज भलेराे स्टेडियममा रियललाई जित दिलाउन फेडेरिकाे भाल्भर्डे, करिम बेन्जेमा र मार्काे एसेन्सियाेले १/१ गाेल गरेका थिए।
खेलकाे ११ औं मिनेटमा भाल्भर्डेकाे गाेलमार्फत रियलले अग्रता लिएकाे थियाे। ७५ औं मिनेटमा बेन्जेमाले टाेलीकाे अग्रता दाेब्बर बनाएका थिए। ८९ औं मिनेटमा एसेन्सियाेले गाेल गरेपछि रियलले ३-० काे सहज जित निकाल्याे।
याे जितसँगै १० खेलमा २८ अंकका साथ रियल शीर्ष स्थानमा कायमै रहँदा पराजित इल्चे समान खेलबाट ३ अंकका साथ पुछरमा रहेको छ।