काठमाडौँ - प्रशिक्षणमा रहेको यू -१७ राष्ट्रिय फुटबल टोलीको तेस्रो चरणको छनोटमा ३० खेलाडी समेटिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
पहिलो चरणमा देशभरबाट छनोटमा भाग लिएका खेलाडीबाट पहिलो चरणमा ६० खेलाडी छनोट भएका थिए। अर्को चरणमा ४५ र शुक्रबार तेस्रो चरणमा ३० खेलाडी प्रशिक्षणमा राखिएको छ। उर्जन श्रेष्ठको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले खेलाडी छनोट गरेको हो।
नेपाली युवा टोलीले १ महिनापछि श्रीलंकामा भदौं २० देखि भदौं २९ सम्म हुने यू-१७ साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ। नेपाल रहेको समूह ‘बी’ मा भारत र भुटान रहेका छन्। नेपालले एएफसी यू -१७ एसियाली छनोट पनि खेल्नेछ।
तेस्रो चरणको छनोटमा परेका ३० खेलाडीमा
मुकेश घर्ती, रुविन बोगटी, कृशल मोक्तान, सिमन्ता थापा, युनिश मगर, सुवास मगर, युनिश बुढाथोकी, जनप्रकाश बम, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरव महर्जन, विक्रम तामाङ, हरिश भट्ट, लक्षु थापा, प्रशान्त लक्षम, निरोज कार्की, समिर तामाङ, धन सिंह विक, दीपक थापामगर, मानदेव पोखरेल, कुशल देउवा, मिराक लिङदेन, प्रितम कार्की, विनोद केसी, धिरज विके, सोहन स्याङ्तान, निराजन धामी, सरोज दलार्मी र समिर चन्द रहेका छन्।