शहिद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबको तेस्रो जित

काठमाडौँ - शहीद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबले तेस्रो जित निकालेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज बिहान भएको खेलमा खालीबारीले सानेपा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो।

खालीबारीको जितमा जोर्डन पुन मगर र सन्दीप गुरुङले १–१ गोल गरेका थिए। खालीबारीका जोर्डन म्यान अफ द म्याच घोषित भए। अर्को खेलमा स्वयम्भु क्लब र महावीर क्लब दिउँसो पौने १ बजेबाट आमने सामने हुनेछन्।

स्वयम्भु तेस्रो जितको खोजीमा  रहेको छ भने महावीर पाँचौँ जित निकाल्न चाहन्छ। ९ अंकसहित स्वयम्भु तालिकाको ११ औँ स्थानमा रहेको छ भने महावीर १५ अंकसहित पाँचौँ स्थानमा रहेको छ।

वीरगंज युथ एकेडेमी र प्लानिङ ब्वाइज युनाइटेड दिउँसो ४ बजेबाट भिड्नेछन्। वीरगञ्ज दोस्रो जितको खोजीमा रहेको छ भने प्लानिङ छैटौँ जित निकाल्न चाहन्छ। ४ अंकसहित वीरगंज १३ औँ स्थानमा रहेको छ भने १९ अंकसहित प्लानिङ तेस्रो स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×