काठमाडौँ - ‘विच लोकल नेपाल’ र ‘कुटुम्ब’ ब्यान्डको संयुक्त आयोजनामा कीर्तिपुर नगरपालिका वडा नं ४ स्थित सिम क्षेत्र ‘सिमसार म्युजिक फेस्टिभल’ हुने भएको छ। पहिलो पटक आयोजना हुन लागेको म्युजिक फेस्टिभलमा दर्शकले लोकप्रिय गीत संगीतमा कलाकारकै लाइभ प्रस्तुति मार्फत रमाउन पाउनेछन्।
सिम क्षेत्रलाई प्रवर्धन गर्नका लागि फेस्टिभलको आयोजना गर्न लागिएको आयोजक ‘विच लोकल नेपाल’ का निकेस महर्जनले जानकारी दिएका छन्। फेस्टिभलमा कुटुम्ब ब्यान्ड, कान्ता दब दब र नाइट एण्ड मेनी मोरको अलवा विभिन्न गायक गायिकाले आफ्ना हिट गीत समेत प्रस्तुत गर्नेछन्।
कार्तिक २६ गते आयोजना हुने फेस्टिभलमा टिकटको समेत व्यवस्था गरिएको छ।