टिभी सिरियलमा मेस्सी

काठमाडौँ - अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी टिभी सिरियल लस प्रोटेक्टोरेसको दोस्रो सिजनमा देखिने भएका छन्। उनले यो श्रृंखलामार्फत समर्थकहरुलाई थप उत्साहित पार्ने आशा लिएका छन् 

हाल पेरिस सेन्ट जर्मन (पिएसजी) बाट व्यवसायिक फुटबल खेलिरहेका मेस्सी गत सिजन फ्रेन्च क्लबमा अनुबन्धित भएका थिए।

फुटबलमा चर्चा कमाएका मेस्सी पहिलो पटक टेलिभिजन श्रृंखलामा देखिन लागेका हुन्। उनले यसअघि पेप्सी, लेज पोटेटो, एडिडासजस्ता ठूला ब्रान्डका विज्ञापनमा भने अभिनय गरिसकेका छन्।  

उनी अर्जेन्टिनाको चर्चित टेलिभिजन श्रृंखला लस प्रोटेक्टोरेसको छोटो भूमिकामा देखिने छन्। ड्रामामा मेस्सीले खेल्ने सिनको सुट भइसकेको छ।

विश्व प्रख्यात फुटबलर मेस्सीलाई स्टेजमा प्रोड्युसर आफैले ल्याएका थिए। उनले खेलेको श्रृंखला सन् २०२३ मा मात्र हेर्न पाइनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×