डिभोर्सको दुई दिनपछि ‘जेरी’को वियोगान्त गीत ‘चोट’ रिलिज

काठमाडौँ - डिभोर्सको दुई दिनपछि गायिका बबिता बानियाँ ‘जेरी’को एक वियोगान्त गीत सार्वजनिक भएको छ। राजु परियार र पूर्णकला बिसीको स्वरमा शनिवार ‘चोट’ शीर्षकको गीत सार्वजनिक भएको हो।

बबिताको शब्द सिर्जना रहेको गीतमा विरही कार्कीको संगीत, कमल सौरागको संगीत संयोजन रहेको छ। सिद्धकाली डिजिटलको प्रस्तुतिमा निरोज भट्टको यस गीतको भिडियोमा गायिका बनिता बानियाँ स्वयंमसँगै कलाकार राजु आर डी र निरोज भट्टको अभिनय रहेको छ।

स्मृति तिमिल्सिना ‘गुरुआमा’को कथा एवं निर्देशन रहेको गीतलाई स्रोता एवं दर्शकहरूले बबिताको यथार्थ जीवन कहानीसँग तुलना गरेर हेरेका छन्।

गीतले युट्युबमा निकै राम्रो भ्युज पाएको छ भने थुप्रै प्रतिक्रियाहरू आएका छन्। एक दिनमा भिडियोलाई ३ लाख ६० हजार बढीले हेरिसकेका छन्। सुरेश श्रेष्ठको छायाँकन रहेको यस गीतको भिडियोलाई प्रविन भट्टले सम्पादन एवं कलर गरेका हुन्।

प्रत्यक्ष दोहोरीबाट चिनिएका ‘जेरी’ र शंकर क्षेत्रीले गत बिहीबार सम्बन्ध विच्छेद गरेका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×