काठमाडौँ - धर्मस्थली जात्राका अवसरमा आइतबार चैत्र २० गते सांगीतिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रममा प्रसिद्ध गायक सहित विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुति दिने भएका छन्।
कार्यक्रममा सविन राई सहित विनोद ढकाल, हिमेश पन्त,रिया लामा, शिवानी विश्वकर्मालगायत अन्य स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिनेछन्। आफ्नो कला, संस्कृति र रितिरिवाजलाई संरक्षण गर्न यस्ता मेला जात्राले सहयोग गर्ने आयोजक पक्षको भनाइ रहेको छ।
घोडेजात्रा भन्दादुई दिन अघि देखि सुरुहुने यस जात्राको पाँचौँ दिनमा आयोजकले विभिन्न कार्यक्रम गरेर मनाउन लागिएको जानकारी दिएका छन्। आयोजकका अनुसार उक्त दिन स्थानीय कला संस्कृतिहरुको समेत प्रदर्शन हुने छ। १३ वर्षदेखि धर्मस्थली युवा समूहले सांगितिक कार्यक्रम गर्दै आएकोमा यसपटक भने धमाठु युवा क्लबले गर्ने कार्यक्रम गर्ने भएका हुन्।