त्रिदेशीय टी-२०सिरिजः घरेलु टोली न्युजिल्याण्डको लगातार दोस्रो जित

काठमाडौँ - न्युजिल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा घरेलु टोलीले लगातार दोस्रो जित हात पारेको छ। उसले आज सम्पन्न खेलमा पाकिस्तानलाई ९ विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको हो।

१३१ रनको लक्ष्य न्युजिल्यान्डले १६.१ ओभरमा मात्र १ विकेट गुमाउँदै भेट्टायो। उसका लागि फिन एलनले ४२ बलमा ६ चौका र १ छक्कासहित ६२ रनको अर्धशतकीय पारी खेलेका थिए।

४९ रनमा अविजित रहेका डिभोन कोन्वेले ४६ बलमा ५ चौका प्रहार गरे। कप्तान केन विलियमसन ९ रनमा अविजित रहे। पाकिस्तानका लागि १ मात्र विकेट शादब खानले लिएका थिए। त्यसअघि क्राइस्टचर्चस्थित हेग्ली ओभलमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको थियो।

उसका लागि इफ्तिखर अहमदले सर्वाधिक २७ रनको योगदान दिएका थिए। अफिफ अलीले अविजित २५, कप्तान बाबर आजमले २१, मोहम्मद रिजवानले १६ र शान मसुदले १४ रन जोडेका थिए। न्युजिल्याण्डका लागि टिम साउदी, मिचेल सान्टनर र माइकल ब्रेसवेलले २/२ तथा ब्लेयर टिकनरले १ विकेट हात पारेका थिए।

जारी सिरिजमा पाकिस्तानको यो पहिलो पराजय हो यसअघि उसले बंगलादेशलाई २१ रन र न्युजिल्याण्डलाई ६ विकेटले हराएको थियो। पाकिस्तानसँग ६ विकेटले पारजित न्युजिल्याण्डले बंगलादेशविरुद्ध ८ विकेटको सहज जित निकालेको थियो।

आफ्नो अन्तिम खेलमा न्युजिल्याण्डले भोली तथा पाकिस्तानले बिहिबार बंगलादेशको सामना गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×