गोर्बाचोभको अन्त्येष्टि आज, रुसका लागि अमेरिकी राजदूत सहभागी हुने

काठमाडौँ - अन्तिम सोभियत नेता मिखाइल गोर्बाचेभको आज अन्त्येष्टि गरिने भएको छ। रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले गोर्बाचेभको अन्त्येष्टिमा भाग लिने भएका छन्। आज मस्कोमा हुने अन्त्येष्टिमा राजदूत सुलिभान सहभागी हुने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिए। 

रक्तपातबिना शीतयुद्ध अन्त्य गरेका गोर्बाचोभको मंगलबार ९१ वर्षको उमेरमा एक अस्पतालमा मृत्यु भएको थियो। उनको मृत्युप्रति विश्वका नेताहरुले समवेदन व्यक्त गरेका छन्। स्वदेशमा खलनायक साबित भएका गोर्बाचोभलाई पश्चिमा देशले भने नायक मान्छन्। 

सोभियत संघ विघटन गरेका गोर्बाचोभलाई अधिकांश रुसीले मन पराउँदैनन्। यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन गोर्बाचोभको अन्त्यष्टिनमा सहभागी नहुने विवरण सार्वजनिक भएको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×