लगातार दुई ग्रान्डस्लामको क्वार्टरफाइनल पुग्ने सबैभन्दा कान्छा खेलाडी अल्कारेज

काठमाडौँ - स्पेनका १९ वर्षीय टेनिस स्टार कार्लोस अल्कारेज रसियाका करेन खाचानोभलाई हराउँदै पहिलो पटक फ्रेन्च ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। अल्कारेज लगातार दुई ग्रान्डस्लामको क्वार्टरफाइनल पुग्ने सबैभन्दा कान्छा खेलाडी हुन्।

यो सिजन ४ पटक उपाधि जितेका विश्व नम्बर ६ कार्लोसले २१औं वरीयताका २६ वर्षीय खाचानोभलाई ६–१, ६–४, ६–४ ले हराए। अब उनले जर्मनीका अलेक्जेन्डर ज्वेरेभको सामना गर्नेछन्। 

ज्वेभेरेभले क्वालिफायरमा जापाटा मिरालेसलाई ७–६, ७–५, ६–३ ले हराएका थिए। अल्कारेजले यो महिना मड्रिड मास्टर्समा ज्वेभेरेभलाई हराएका थिए। उनले यो प्रतियोगितामा विश्व नम्बर एक सर्बियाका नोभाक जोकोभिच र १३ पटकका विजेता स्पेनका राफेल नाडाललाई पनि हराएका थिए। 

अल्कारेज सेमिफाइनलमा पुगेमा उनले जोकोभिच र राफेल नाडालबीचको क्वार्टरफाइनलको विजेतासँग खेल्नेछन्। अन्तिम आठमा जोकोभिच र नाडाल आमनेसामने हुनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×