टी-२० वरीयतामा बाबरलाई पछ्याउँदै भारतीय ब्याटर सूर्यकुमार

काठमाडौँ - भारतीय क्रिकेटर सूर्यकुमार यादव छोटो फर्म्याटको क्रिकेट ब्याटिङ वरीयतामा शीर्षस्थानमा रहेका पाकिस्तानी कप्तान बाबर आजम नजिक पुगेका छन्।

वेष्ट इण्डिजमा भइरहेको टी-२० शृंखलामा उत्कृष्ट प्रदर्शन गरेपछि टी-२० आई वरीयतामा भारतका ब्याटर सूर्यकुमार बाबरको निकै नजिक पुगेका हुन्।

बाबर ११८ अंकसहित शीर्षमा रहेका छन् भने उनलाई पछ्याएका सूर्यकुमारले ८१६ अंक रहेको छ। भारतीय ब्याटरमा सर्वाधिक अंक बनाउनेमा सूर्यकुमार तेस्रो खेलाडी हुन्। यसअघि विराट कोहली र केएल राहुलले पनि ८१६ अंकसम्म बनाएका थिए।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राम्रो खेलेका उनले गतवर्ष मात्र टी-२० अन्तर्राट्रियमा डेब्यु गरेका हुन्। उनले अहिलेसम्म २२ वटा टी-२० आई खेलेका छन्। जसमा उनले १ शतक र ५ अर्धशतकको मद्दतमा ६४८ रन बनाएका छन्।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×