काठमाडौँ । सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेश गरेको छ । गए राति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै हैदराबाद फाइनलमा पुगेको हो ।
हैदराबादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन मात्रै बनायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो ।