काठमाडौँ। त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालय अगाडिबाट ८ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। त्रिविले करार शिक्षकलाई स्वतः स्थायी बनाउने निर्णय गरेको भन्दै त्यसको विरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीलाई पक्राउ गरेको हो।
आन्दोलनका क्रममा संयुक्त विद्यार्थी संगठनले त्रिवि उपकुलपति कार्यालय अगाडि घेराउ गर्न पुगेका थिए। उनीहरुलाई महानगरीय प्रहरी बृत्तमा राखिएको छ। पक्राउ पर्नेहरु विद्यार्थी नेताहरु मनीषा कार्की, समीर गौतम, शोम बम, अनिल केसी, बीपीन बीक, रामनरेश यादव, प्रवीण दाहाल, तेजप्रसाद पोखरेल रहेका छन्।