काठमाडौँ - नेपाल क्यान्सर अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।
अस्पतालको पाँचौँ वार्षिकोत्सवको अवसरमा यहाँ शुक्रबार आयोजित कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा बच्चुकैलाश कैनीले यस अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए। उनले बिरामीले अधिकतम लाभ लिन सकुन भनेर अस्पतालको सेवा र सुविधा अझै बढाइने बताए।
सो अस्पतालबाट चालु आर्थिक वर्षमा सात हजार ९० नयाँ बिरामीले सेवा लिएका छन्। त्यस्तै २६ हजार ६४० बिरामी पुन स्वास्थ्य परिक्षणमा आएका छन्। अस्पतालले कर्मचारीको प्रोत्साहनस्वरुप अस्पतालका सबै कर्मचारीलाई रु एक लाखको बीमा गर्नुका साथै रु १० लाखको दुर्घटना बीमाको योजना सुरु गरेको उनले बताए।
सोही अवसरमा अस्पतालको स्मारिका ‘आशा’ पत्रिका २०७९ को विमोचन पनि गरिएको छ।