काठमाडौँ - हलिउड अभिनेत्री एम्बर हर्डले अदालतले तोकिदिएको जरिबाना तिर्नका लागि आफ्नो घर बेचेकी छिन्।
मिडिया रिपोर्टकाअनुसार अभिनेता जोनी डेपसँगको सम्बन्ध र त्यसपछिको मुद्दामामिलाको फैसला गर्दा अदालतले तिर्न भनेको जरिबानाका लागि एम्बरले अमेरिकाको क्यालिफोर्नियामा रहेको आफ्नो घर बेचेकी हुन्।
घरेलु हिंसाको मुद्दामा अदालतले एम्बरलाई १० मिलियन अमेरिकी डलर तिर्न भनेको थियो। उक्त रकम तिर्नका लागि एम्बरले आफ्नो ६ एकडमा फैलिएको घर बिक्री गरेको बताइएको छ।
जोनी र एम्बरको मुद्दामा अदालतले केही समयअघि समयमा नै तोकिएको जरिबाना तिर्न भनेको थियो। अदालतमा चलेको मुद्दामा जोनीको सार्वजनिक व्यक्तित्वमाथि हानी पुर्याएको भन्दै अदालतले सो रकम तिर्न आदेश दिएको थियो।