काठमाडौँ - सिंहदरबारभित्रको पुरानो संघीय संसद् भवन जुन अहिले भग्नावशेषका रुपमा रहेको छ। जहाँ २४० बर्षदेखिएको शाही शासनको अन्त्य भएर देशमा गणतन्त्रको घोषणा भएको थियो अनी त्यहीँ भवनबाटै नेपालमा लोकतन्त्रको उदय भएको थियो।
२०७२ सालको भुकम्प र त्यसपछि गएका पराकम्पका कारण क्षति पुगेको उक्त भवनको अहिलेसम्म पुनःनिर्माण भएको छैन । बर्षे झरी र चैत बैशाखको टन्टलापुर घामबाट बचाउनको लागि केही थान त्रिपालको प्रयोग गरी उक्त भवनलाई छोपिएको छ। इतिहास बोकको उक्त भवनलाई पुनःनिर्माण नगरी राख्नु पक्कै राम्रो कुरा होइन।
संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार उक्त संघीय संसद् भवनलाई अहिलेसम्म के गर्ने भन्ने निर्णय नभएको बताए। उनले भने इतिहास बोकेको संघीय संसद् भवनलाई के गर्ने भन्ने अहिलेसम्म टुङ्गो छैन, यसलाई संसद् संग्रहालयको रुपमा राख्नुपर्ने कुरा पनि उठेको छ। तर, निर्णय भइसकेको छैन। हाल सरकारले पनि यो भवनलाई कसरी संरक्षण गर्न सकिन्छ भनेर सोच बनाएको उनको भनाइ छ। आजको गोरखापत्र दैनिकमा समाचार छ।