जाकाको पहेँलो कार्डमा म्याच फिक्सिङको आशंका

काठमाडौँ - लिड्स युनाइटेडविरुद्ध ४-१ को जीत हासिल गर्ने क्रममा ग्रानिट जाकाले पाएको विवादित पहेँलो कार्डमाथि म्याच फिक्सिङको आशङ्कामा अनुसन्धान सुरु भएको छ।

उक्त खेलमा जाकामाथि अस्वभाविक रुपमा पहेँलो कार्ड पाउने गरी बेट राखिएको भन्दै बेलायतको नेसनल क्राइम एजेन्सीले सम्भावित म्याच फिक्सिङबारे अनुसन्धान सुरु गरेको हो।

आर्सनलका मिडफिल्डरले फ्रिकिक लिँदा रेफ्रीलाई चिढ्याउँदै पहेँलो कार्ड प्राप्त गरेका थिए। डेली मेलको समाचारअनुसार जाकाको व्यवहारबारे यतिबेला अनुसन्धान सुरु गरिएको छ।

यसमा अल्बानियाको माफिया संलग्न रहेको बताइएको छ। सो खेलमा जाकाले खेलको अन्तिम १० मिनेटमा पहेँलो कार्ड पाउनेमा ६० हजार युरोभन्दा बढीको जुवा राखिएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×