ब्राजिलका स्ट्राइकरमाथि रंगभेदी दुर्व्यवहार

काठमाडौँ - स्ट्राइकर रिचार्लिसनमाथि गरिएको रंगभेदी दुर्व्यवहारको ब्राजिलले भर्त्सना गरेको छ। टुनिसियाविरुद्धको खेलमा रिचार्लिसनमाथि केरा साथै अन्य वस्तु पनि फालिएको थियो।

५-१ को जीत निकाल्ने क्रममा ब्राजिलका लागि दोस्रो गोल गरेर टोटनहमका खेलाडीले खुसीयाली मनाउने क्रममा यो घटना भएको थियो। एक विज्ञप्ति निकाल्दै ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफले) रंगभेद विरुद्धको आफ्नो विचार स्पष्ट पारेको छ।

खेलअघि ब्राजिलले रंगभेद विरुद्धको ब्यानरसमेत बोकेको थियो। सीबीएफका अध्यक्ष एड्नाल्डो रोड्रिग्वेजले मैदानभित्र वा बाहिर यस्तो व्यवहार सैह्य नहुने बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×