फिल्म ‘भगवत् गीता’मा धिरज मगर अनुबन्धित

काठमाडौँ - फिल्म ‘भगवत् गीता’मा अभिनेता धिरज मगर अनुबन्धित भएका छन्। फिल्मकी निर्देशक झरना थापाले धिरज फिल्ममा अनुबन्धित भएको फेसबुकमार्फत जानकारी दिएकी हुन्। अब फिल्ममा सुहाना थापाको जोडीको रुपमा धिरजलाई देख्न सकिनेछ।

केहीअघि फिल्ममा सुहानाको जोडीको रुपमा धिरज नै हुने चर्चा चलेको थियो। तर, पारिश्रमिकमा कुरा नमिलेपछि निर्माण टिमले अभिनेताको लागि अडिसन समेत खुला गर्न पुग्यो। तर, अन्तत: धिरज नै फिल्मका लागि फाइनल भएका हुन्।

सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा अन्य कलाकारहरू भने खुलाइएको छैन। अर्को महिनादेखि छायांकन सुरु हुने फिल्म आगामी नयाँ वर्षको अवसरमा बैशाख १ गते रिलिज हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×