सलमानको फिल्मको केमियोमा रामचरण

काठमाडौँ - बलिउडका सुपरस्टार सलमान खानको मुख्य भूमिका रहने फिल्म ‘कभी इद कभी दिवाली’ लगातार चर्चामा रहन सफल छ।

फिल्मसँग जोडिएर हरेक समय नयाँ नयाँ समाचार सार्वजनिक हुने गर्दछ। अहिले फिल्ममा साउथ सुपरस्टार रामचरण भित्रिएको समाचार बाहिरिएको  छ। फिल्मको केमियोमा उनी देखिनेछन्। फरहान सम्जी निर्देशक रहेको फिल्ममा पूजा हेगडे, शहनाज गिल, वेन्कटेश, जस्सी गिल, पलक तिवारी र राधव जुयालको मुख्य अभिनय रहने छ।

फिल्मको अहिले हैदरवादमा सुटिङ चलिरहेको छ। २५ दिनको सेड्युल बनाएका सलमानले त्यहाँ एउटा गीत छायाँकन गर्नेछन्। जब सलमान खान हैदराबादमा एउटा विशेष गीतको सुटिङ गरिरहेका थिए, रामचरणले उनलाई सेटमा भेटेका थिए। यसै क्रममा उनले गीतमा राम चरणलाई केमियो रोलमा लिने मन बनाए, जसलाई रामचरणले सहज स्वीकार गरे। यो एक रोमाञ्चक हुनेछ र यो ठूलो मात्रा मा बनाइनेछ। यस गीतमा रामचरण र सलमान खानको केमेस्ट्री विशेष रूपमा देखाइनेछ।

सलमानको रामचरण र उनका बुबा चिरञ्जिबीसँग राम्रो सम्बन्ध रहेको छ। चिरञ्जिबीको नयाँ फिल्म ‘गड फादरमा’ सलमान पनि छोटो भूमिकामा देखिदैछन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×