निर्देशनमा फर्किदै तुलसी घिमिरे

काठमाडौँ। नेपाली चलचित्रका निर्देशक तुलसी घिमिरेले ‘बाँसुरी, कुसुमे रुमाल, अन्याय, चिनो, लाहुरे, दुई थोपा आँशु, दक्षिणा, देवता, बलिदान, दर्पण छाँया’ जस्ता चलचित्र नेपाली सिने जगतलाई दिएका छन्। उनी निर्देशक मात्र नभएर सम्पादक, छायाँकार, पटकथाकार र अभिनेता समेत रहेका छन्।
 
तर, हाल उनले नेपाली सिने जगतदेखि दुरी बनाएका छन्। उनको पछिल्लो चलचित्र ‘दर्पण छायाँ २’ असफल भएपछि उनले नयाँ चलचित्रको निर्देशन गरेका छैनन्। तर, अब उनी निर्देशनमा फर्किने तयारीमा रहेका छन्। भर्खरै एक टेलिभिजन अन्तर्वार्तामा उनले चाँडै नयाँ चलचित्र लिएर आउने बताएका थिए। उनले आउँदो फागुन या चैतबाट चलचित्रको छायांकन सुरु हुनसक्ने बताएका छन्।
 
उनले भने, ‘मार्च वा अप्रिलमा एउटा प्रोजेक्टको तयारी गरिरहेका छौँ। फिल्मको शिर्षक भने दर्ता भइसकेको छैन। एउटा सामाजिक विषयवस्तुमा फिल्म बनाउने छौँ। हामीले बनाउने फिल्मलाई पुरानो धारको भनिन्छ। त्यही धारको फिल्म बनाउँदैछौँ।’ 

युवा पुस्ताका निर्देशकको कामबाट उनी प्रभावित भएका छन्। उनले भने ‘युवा निर्देशकहरुले हामीहरुलाई स्टडी गर्नु हुँदोरहेछ। हामीले गरेका नराम्रो पक्ष दोहोर्‍याउनु हँदैन भनेर काम गर्ने उहाँहरुको सोचबाट म अत्यन्त खुसी छु,’।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×