म्यानचेस्टर सिटी एफए कपकाे क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ - प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपकाे क्वाटरफाइनल प्रवेश गरेकाे छ। आज बिहान सम्पन्न खेलमा च्याम्पियनसिप क्लब पिटरर्सब्रग युनाइटेडलाई २-० ले हराउँदै सिटी प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो।

पिटरर्सब्रगको घरेलु मैदान लण्डन राेड (वेस्टन हाेम्स ) स्टेडियममा सिटीलाई जित दिलाउन रियाद महारेज र ज्याक ग्रेलिसले गाेल गरे। ६० औं मिनेटमा महारेजको गोलबाट सिटीले अग्रता लिएकाे थियाे। उनले फिल फोडेनको पासलाई सदुपयोग गरे। 

६७ औं मिनेटमा ग्रेलिसले पनि फोडेनकै पासमा गोल गर्दै टोलीलाई सहज जित दिलाए। अर्को खेलमा च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १-० ले पराजित हुँदै प्रिमियर लिग टाेली टोटेनहम हटस्पर एफए कपको अन्तिम-१६ बाटै बाहिरिएको छ। प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले पनि च्याम्पियनसिप क्लब स्टाेक सिटीमाथि २-१ को जित हात पार्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकाे छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×