काठमाडौँ- वेष्टइन्डिजमा जारी प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा एसियाली मुलुक अफगानिस्तानमाथि १५ रनको रोमाञ्चक जित निकाल्दै इङ्ल्याण्ड इंग्ल्याण्ड २४ वर्षपछि यु १९ विश्वकपको फाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्ड २४ वर्षपछि यु १९ विश्वकपको फाइनलमा प्रवेश गरेको हो।
डकवर्थ लेविस पद्धतिको आधारमा २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ४७ ओभरमा ९ विकेट गुमाउँदै २ सय १५ रन मात्र बनायो।
अफगानिस्तानका अल्लाह नुरले सर्वाधिक ६० रन बनाए। यस्तै ओपनर विकेटकिपर मोहम्मद इशहाकले ४३, बिलाल अहमदले ३३ रन बनाएका थिए। अब्दुल हादी ६० बलमा १ चौका र १ छक्कासहित ३७ रनमा अविजित रहे।
अन्तिम १२ बलमा अफगानिस्तानलाई जितको लागि १८ रन आवश्यक हुँदा हातमा ४ विकेट थियो। तर स्पिनर रेहान अहमदले तीन विकेट लिँदै एक रन मात्र खर्चेपछि पहिलो पटक फाइनल पुग्ने अफगानिस्तानको सम्भावना टाढियो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ४७ ओभरमा ६ विकेट गुमाउँदै २ सय ३१ रन बनायो। उसका लागि जर्ज बेलले सर्वाधिक ५६ रनको अविजित इनिङ खेले।
यो सँगै इंग्ल्यान्डले सन् १९९८ को यू१९ विश्वकप पछि पहिलो पटक फाइनलमा पुगेको हो।
त्यतिबेला फाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको इंग्ल्यान्डले त्यसयता यू-१९ विश्वकपको फाइनलमा स्थान बनाउन सकेको थिएन। दोस्रो सेमिफाइनलमा आज भारत र अष्ट्रेलियाबची प्रतिस्पर्धा हुनेछ।