विश्वकप फुटबलमा आज तीन खेल हुँदै

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछ। कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत १ खेल हुनेछ भने समूह बी मा २ खेल हुँदैछ। पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ।

उक्त खेल बेलुका ६ः४५ बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने छन्। त्यसैगरी समूह ‘बी’अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ। अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। त्यस्तै समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ।

उक्त खेल राति ९ः४५ बजे सुरु हुनेछ। विश्वकपमा विभिन्न ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। यस विश्वकपमा कूल ६४ खेल हुनेछ। प्रत्येक समूहका शीर्ष २ टोली नकआउट चरणमा पुग्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×