स्पेनको क्लबसँग गण्डकीले मैत्रीपूर्ण फुटबल खेल्ने

पोखरा - पोखरामा गण्डकी प्रदेश र स्पेनको बि डिभिजन क्लबबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ। स्पेनी क्लब काथेरेन्योसँग पुस १३ गते गण्डकीले प्रतिस्पर्धा गर्नेछ। लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता हुन लागेको फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिएका छन्।

उक्त टीममा विश्वकप खेलेका पूर्व खेलाडी मिचेन, मानवेलसहितका खेलाडी सहभागी हुने छन्। स्पेनबाट ५२ जनाको टोली पोखरा आउने छ। गण्डकीको टीमबाट नेपाली फुटवल टिमका पूर्वकप्तान अनिल गुरुङले कप्तानी गर्नेछन्। गण्डकीको टोली अहिले बन्द प्रशिक्षणमा रहेका छ।

केही दिनमा २५ जना खेलाडी छनोट गरी मैत्रीपूर्ण खेलका लागि कम्तीमा १ हप्ता प्रशिक्षण गर्न लागिएको कप्तान गुरुङले जानकारी दिएका छन्। सोही टोलीले पुस १४ गते काठमाडौँमा पनि मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×