काठमाडौँ - काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार उठेका बालेन शाहले अग्रता कायम गरेका छन् ।
उनले पछिल्लो परिणामअनुसार १८ सय ९६ मत पाएका छन् । त्यस्तै, एमालेका केशव स्थापितको १०९७ मत पुगेको छ । स्थापितलाई पछ्याइरहेकि सत्ता गठबन्धनकी सिर्जना सिंहको नौ सय ४९ मत छ ।
अहिले वडा नम्बर १,२,३,४ र ३२ को मतगणना भइरहेको छ ।