३६ वर्षदेखि नकआउटमा नहारेको फ्रान्सलाई पोल्यान्डको चुनौती

काठमाडौँ - विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार अन्तिम १६ को तेस्रो खेलमा फ्रान्स र पोल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। साविक च्याम्पियन फ्रान्स आफ्नो बलियो विरासत कायम राख्न मैदान उत्रिँदा तुलनात्मक रूपमा कमजोर मानिएको पोल्यान्ड भने फ्रान्सलाई हराएर नयाँ मानक बनाउने प्रयासमा हुनेछ।

फ्रान्स र पोल्याण्डबीच अल थुमामा स्टेडियममा राति ८:४५ मा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा समूह ‘डी’ को विजेताका रूपमा नकआउटमा स्थान बनाउँदा पोल्याण्ड भने समूह ‘सी’ को उपविजेताका रूपमा नकआउटमा स्थान बनाएको थियो।

त्यसो त फ्रान्स जारी संस्करण पनि राम्रो लयमा रहेको छ। विश्वकपमा फ्रान्सले नकआउट चरणमा १९८६ देखि नहारेकाले यो पटक पनि फ्रान्स आफ्नो अन्तिम १६ को बलियो विगतलाई कायम राख्दै पोल्यान्डलाई पाखा लगाउने प्रयासमा रहनेछ। अहिलेसम्म फ्रान्स र पोल्याण्डबीच १६ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा फ्रान्सले ८ खेल जितेको छ। पोल्याण्डले ३ खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ। त्यसैले पोल्यान्ड कमजोर इतिहासका बाबजुत विश्वकपको यो निर्णायक भिडन्तमा फ्रान्सलाई हराउने प्रयासमा हुनेछ।

पोल्यान्डले ३६ वर्षपछि पहिलो पटक नकआउट चरणमा स्थान बनाएकाले फ्रान्स स्वाभाविक रूपमा सचेत छ। पोल्यान्ड आफूलाई क्वाटरफाइनलमा पुर्‍याउनका लागि जारी संस्करणका सर्वाधिक गोलकर्तामध्येमा रहेका युवा स्टार केलिएन एमबाप्पेलाई रोक्ने प्रयासमा रहनेछ।

अर्कातिर फ्रेन्च राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता जिरुड पनि पोल्यान्डका लागि चुनौती बन्न सक्ने छन्। ५१ गोलसहित थियरी अनरीको कीर्तिमानसँग बराबरी गरेका जिरुड त्यो कीर्तिमान एकलौटी बनाउने अभियानमा रहँदा पोल्यान्डका लागि टाउको दुखाइ बन्न सक्छन्।

पोल्यान्डले हालसम्म विश्वकपमा दुईपटक साविक विजेता टोलीसँग खेलेको छ। साविक विजेतासँग भने पोल्यान्डको नतिजा राम्रो छ। सन् १९७४ मा साविक विजेता फ्रान्सलाई १-० ले पराजित गरेको पोल्यान्डले चार वर्षपछि जर्मनीलाई गोलरहित बराबरीमा रोकेको थियो।

त्यसैले यो झिनो बलियो विरासतलाई कायम राख्न पनि पोल्यान्ड मैदानमा उत्रिनेछ। यो खेलको विजेता टिमले सेनेगल र इङ्ल्यान्डसँगको विजेतासँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×