पाकिस्तानी टोली काठमाडौँ आइपुग्यो

काठमाडौँ - नेपालविरुद्धको  मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपाल आइपुगेको छ। सोमबार विहान आइपुगेको पाकिस्तानको फिफाको निलम्बनपछि खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो।

पाकिस्तान फुटबल संघले बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोलीकोघोषणा गरेको छ।

नेपाल र पाकिस्तानबीचको खेल बुधबार साँझ ५ बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सुरु हुनेछ। नेपालले शुक्रबारै पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×