काठमाडौँ - टोटेनहमका सन ह्युङ मिन र लिभरपुलका मोहमद सलाहले संयुक्त रुपमास प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन्। प्रिमियर लिगको २०२१÷२२ को सिजन सर्वाधिक गोलकर्ता बन्दै सलाह र सनले गोल्डेन बुट अवार्ड पाएका हुन्।
दुबैले खेलडाीले यस सिजन २० क्लिन सिट राखेका थिए। सर्वाधिक असिस्टको अवार्ड पनि सलाहले जितेका छन्। उनले यस सिजन १३ असिस्ट प्रदान गरेका थिए।
दुबै खेलाडीले समान २३ गोल गरेका थिए। सलाहले अन्तिम खेलमा १ गोल गरेका थिए। यता सनले सिजनको अन्तिम खेलमा दुई गोल गरेका थिए। त्यस्तै गौल्डेन ग्लोब्सको अवार्ड पनि यस सिजन म्यानचेस्टर सिटीका एडर्सन र लिभरपुलका एलिसन बेकरले बाडेका हुन्।