कोरोनाका कारण बार्सिलोना र बायर्न म्युनिखबीचको खेल बन्द रंगशालमा हुने

काठमाडौँ। स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिखबीचको खेल बन्द रंगशालमा हुने भएको छ। जर्मन क्षेत्र बाभेरियामा पछिल्लो सातादेखि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएकाले दुई टोलीबीचको खेल दर्शकविना हुने भएको हो। 

च्यम्पियन्स लिग अन्तर्गत समूह चरणको छैटौँ खेल बायर्ननको घरेलु मैदानमा खेल्नेछ। दुई टोलीबीचको खेल ९ डिसेम्बरमा हुनेछ। च्याम्पियन्स लिगको अन्तिम १६ प्रवेशका लागि संघर्षरत जाभी नेतृत्वको बार्सिलोनालाई बायर्नविरुद्धको खेलमा जित आवश्यक छ। बायर्नसँग पराजित भएमा भने बार्सिलोनालाई बेन्फिका र डायनामो क्युभको नतिजा पर्खनु पर्नेछ।
बार्सिलोना समूह चरणको पहिलो खेलमा बायर्नसँग ३–० गोलले पराजित भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×