काठमाडौँ - दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडाले आयरल्याण्डविरुद्धको टी-२० सिरिज गुमाउने भएका छन्। गोलीगाँठाको चोटका कारण उनले आयरल्याण्डविरुद्ध हुने २ खेलको टी-२० सिरिज गुमाउने भएका हुन्।
चिकित्सकले रबाडालाई कम्तीमा पनि २ साता आराम गर्ने सल्लाह दिएका छन्। सिरिजको पहिलो खेल बुधबार तथा दोस्रो खेल शुक्रबार हुनेछ।
रबाडाले इंग्ल्याण्डसँगको टेस्ट सिरिज समेत गुमाउने सम्भावना बढेको छ। दक्षिण अफ्रिकाले घरेलु टोली इंग्ल्याण्डसँग ३ खेलको टेस्ट सिरिज खेल्नेछ। टेस्ट सिरिज १७ अगस्टबाट लर्ड्समा सुरु हुनेछ।