काठमाडौँ । टी–२० विश्वकपमा ओमानविरुद्ध नामिबियाले सुरुवाती फिल्डिङ गर्ने भएको छ । आज (सोमबार) बार्बाडोसको केन्सिङ्टन ओभलमा हुने खेलमा नामिबियाले ओमानको सामना गर्नेछ ।
आजको खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार बिहान ६ः१५ बजे सुरु हुनेछ । दुवै टोली तेस्रो टी–२० विश्वकप खेल्दै छन् । नामिबियाले सन् २०२१ र २०२२ मा आयोजना भएका पछिल्लो २ विश्वकप खेलेको थियो । उता ओमानले सन् २०१६ र २०२१ मा विश्वकप खेलेको थियो ।