काठमाडौँ- स्टार खेलाडी अर्लिङ हालान्डको ह्याट्रिकको बाबजुत पनि डर्टमण्ड जर्मन बुन्डेस लिगा फुटबलमा पराजित भएको छ। शनिबार भएको खेलमा डर्टमण्ड भीएफएल बक्हमसँग ४–० गोल अन्तरले पराजित भएको हो। बक्हमलाई जित दिलाउन सेवास्टीयन पोल्टेर, गेरिट होल्टमान, जर्गेन लोकाडिया र मिलोस पान्टोभिकले एक–एक गोल गरेका थिए ।
यता डर्टमण्डका लागि हालान्डले ह्याट्रिक पूरा गरे। हालान्डले दुई गोल पेनाल्टीमा गरेका थिए। पराजित डर्टमण्ड ३२ खेलबाट ६३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। जित निकालेको बक्हम ३९ अंक जोडेर ११औं स्थानमा रहेको छ।