नवौं राष्ट्रिय खेलकुद अब असोज २८ देखि कात्तिक ३ सम्म हुने

काठमाडौँ - सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सारेको छ। जेठ २२ देखि २८ गतेसम्म पोखरामा तय गरिएको प्रतियोगिता अब असोज २८ देखि ३ गतेसम्म हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

 कोभिड महामारी र निर्वाचनले गर्दा  पटक पटक सर्दै आएको प्रतियोगिता अब भने असोजमा पुगेको हो।

खेलाडीलाई तयारी समय नपुगेको भन्दै प्रतियोगिता सार्ने खेलकुद मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ। मंगलबार बसेको बैठकले पहिले नै इस्टमेट गरिएको ६० करोड खर्चमा प्रतियोगिता सञ्चालन गर्न सहमति दिएको हो।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल समावेश गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×