जिओफ हर्स्ट: विश्वकप फाइनलमा ह्याट्रिक गर्ने एक्लो खेलाडी

काठमाडौँ - विश्वकप फुटबलको फाइनलमा अहिलेसम्म एकपटक मात्र ह्याट्रिक भएको छ। त्यो पनि विवादबाट टाढा हुन भने सकेन।

इंग्ल्याण्डका सर जिओफ हर्स्ट फिफा विश्वकप फाइनलमा गोल गर्ने एक्लो खेलाडी हुन्। फुटबलको जननी मानिने इंग्ल्याण्डले सन् १९६६ मा पहिलो पटक विश्वकप जितेको थियो। जुन इंग्लयाण्डले जितेको अहिलेसम्मकै एक मात्र विश्वकप पनि हो।

त्यही विश्वकप फाइनलमै हो इंग्ल्याण्डका हर्स्टले ह्याट्रिक गरेको। त्यसपछि विश्वकप फाइनलमा अर्को ह्याट्रिक भएको छैन। लण्डनको वेम्लीमा भएको उक्त फाइनलमा घरेलु टोली इंग्ल्याण्डले फाइनलमा पश्चिम जर्मनीलाई ४-२ ले हराएर उपाधि जितेको थियो। अतिरिक्त समयमा पुगेका उक्त फाइनलमा हर्स्टले ह्याट्रिक गरेका थिए।

निर्धारित समयमा २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुग्यो। जहाँ हर्स्टले थप २ गोल गर्दै ह्याट्रिक पूरा गरे अनी इंग्ल्याण्डलाई च्याम्पियन बनाएका थिए। उक्त विश्वकपमा हर्स्टले जम्मा ४ गोल गरेका थिए। फाइनलमा ह्याट्रिक गर्नुअघि उनले क्वाटरफाइनलमा अर्जेन्टिनालाई १-० ले हराउँदा पनि निर्णायक गोल गरेका थिए।

फाइनलमा हर्स्टले १८औं मिनेटमा पहिलो गोल गरेका थिए। उनले अतिरिक्त समयमा १०१औं र १२०औं मिनेटमा गोल गरे। तर हर्स्टको दोस्रो तथा इंग्लयाण्डले गरेको तेस्रो गोल भने विवादित बनेको थियो।

विश्वकप फाइनलमा भएको त्यो अहिलेसम्मकै विवादित गोल हो। हर्स्टको प्रहार क्रसबारेमा लागेर तल जर्दै गोल लाइनमा ठोकिएको थियो। तर त्यो बल गोल थियो थिएन दशकौँ लामो बहस बन्यो। अहिले इंग्ल्याण्ड अर्को विश्वकप उपाधिको खोजीमा छ भने फाइनलमा ह्याट्रिक गर्ने खेलाडी अर्को बन्नेछन् भन्ने पनि चासो छ।

विश्व फुटबलका २ सुपर स्टार क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी जस्ता खेलाडी हुँदा पनि विश्वकप फुटबलको फाइनलमा ह्याट्रिक हुन सकेको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×