उज्यालो नेपाल पार्टीले उम्मेदवारका लागि खुला आवेदन आह्वान

काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट खुला आवेदन माग गरेको छ।

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले योग्य, सक्षम र स्वच्छ छवि भएका व्यक्तिहरूलाई मंसिर २९ गतेभित्र आवेदन दिन अनुरोध गरेको जनाइएको छ। पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार उज्यालो भविष्य निर्माणका लागि स्पष्ट योजनासहित प्रस्तुत हुने व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ।

थापाले भने, “हामी देशको उज्यालो भविष्य बनाउन सक्ने नेतृत्व खोजिरहेका छौँ। त्यसैले योग्य र जनविश्वास आर्जन गर्न सक्ने व्यक्तिहरूबाट उम्मेदवारीका लागि खुला आवेदन आह्वान गर्दछौँ।”

आवेदन दिँदा आफू उठ्न चाहने क्षेत्र स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने र उज्यालो नेपाल निर्माणका लागि प्रस्तुत मार्गचित्रकै आधारमा अन्तिम छनोट गरिने पार्टीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×