संसदको गतिरोध छिट्टै अन्त्य हुने सभामुख सापकोटाको बिश्वास

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने बताएका हुन् ।

पुनः स्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×