प्रतिनिधिसभा बैठक, के–के छन् आजको सम्भावित सूची ?

काठमाडौं - सङ्घीय संसद् आन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । बेठक नयाँ बानेश्वरस्थितसंसद भवनमा दिउँसो १ बजेका लागि बोलाईएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।

सचिवालयका अनुसार आइतवारको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् भने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×