कवि प्रीतिकाको एकल कविता वाचन

काठमाडौँ - कवि प्रीतिकाको एकल कविता वाचन भएको छ। काठमाडौंको सर्वनाम थियटरमा उनले देशको माटो, झण्डा, इतिहासका पात्र विसे नर्गची, प्रेमील कविता झरीलगायत कविता वाचन गरेकी थिइन्।

करिब डेढ दर्जन कविता वाचन भएको समारोहमा कवि बाबु त्रिपाठीले सहजीकरण गरेका थिए। कार्यक्रममा कवि प्रज्वल अधिकारी र रावतले समेत १-१ कविता वाचन गरेर साथ दिएका थिए। करिब १ घण्टा चलेको कार्यक्रममा कविता प्रेमी दर्शकमात्र होइन, साहित्यक सष्ट्राहरुको समेत उपस्थिति रहेको थियो। 

पहिलो पटक एकल वाचनमा उपस्थित भएकी कवि खत्रीले पहिलो पटक एकल वाचनमा स्टेजमा उत्रिए पनि दर्शक श्रोताको उत्साह जनक सहभागीताले ऊर्जा र चुनौती थपेको बताइन्।

उनले आफूले आगामी दिनहरुमा आफ्नो रचना तथा लेखनहरुमा अझ निखार ल्याउने बताएकी छिन्। कार्यक्रम जरुवा नेपालले आयोजनामा गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×