सर्वोच्च अदालतले लय पक्रियो, २२२ मुद्दाको सुनुवाइ आज

काठमाडौँ । नेपाल बार एशोसिएशनको आन्दोलनको बाबजुद पनि सर्वोच्च अदालतले लय पक्रिएको छ। सर्वोच्चका सबै न्यायाधीशहरूले फुलकोर्टपछि सर्वसम्मतिमा नियमित इजलास बस्ने निर्णय गरेसँगै अदालत पुनः शान्तिपूर्ण वातावरणमा फर्किएको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलि शुक्रबारका लागि १० इजलास गठन गरेको सबै इजलास तोकिएका न्यायाधीशहरू पनि सबै इजलासमा बसने भएका छन्। प्रधानन्यायाधीश जबराले भने आफूलाई इजलास तोकेका छैनन्। आन्दोलित न्यायाधीशलाईसमेत इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले आज २ सय २२ मुद्दाको पेशी तोकेका हुन्। 

गोलाप्रथाद्वारा मुद्दाको पेशी तोक्ने सहमति जनाएपछि जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू पनि आजबाट इजलास फर्किएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×