काठमाडौंका यी तीन सडक आजबाट एकतर्फी

काठमाडौं - काठमाडौं महानगरपालिकाका तीन सडक बुधबारदेखि एकतर्फी (वान वे) बनाइएको छ ।

काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिंगाल, मिलनमार्ग हुँदै त्रिपुरेश्वर पुग्ने सडक एकतर्फी बनाइएको छ । उक्त त्रिपुरेश्वरबाट त्यो खण्डमा प्रवेश गर्न नपाइने महानगरका ट्राफिकविज्ञ जगतमान श्रेष्ठले बताए ।

यस्तै, जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पसअगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन नपाइने बनाइएको छ ।

पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडकखण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइनेछैन । यहाँदेखि महेन्द्र सालिकसम्मको सडक एकतर्फी भएको छ ।

वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र महानगरपालिकाको संयुक्त प्रयासमा अहिले दोहोरो सवारी सञ्चालन भइरहेका ती सडकलाई एकतर्फी बनाउन लागिएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×