पुटिन मिसाइलसँग वार्ता गर्ने अतिवादी हुन : युक्रेन

काठमाडौँ - युक्रेनका विदेशमन्त्री दिमित्रि कुलेबाले युक्रेनभर रुसी मिसाइल आक्रमणले राष्ट्रपति भ्लादिमिर पुटिन ‘मिसाइलसँग छलफल गर्ने अतिवादी’ भन्ने देखाएको बताएका छन्।

‘रुसले क्षेप्यास्त्रहरूद्वारा युक्रेनभर हमला गरिरहेको छ। पुटिनको एक मात्र कार्यनीति शान्तिपूर्ण युक्रेनी शहरहरूमा आतंक हो, तर उनले युक्रेनलाई तोड्ने छैनन्। यो पुटिनसँग  शान्तिको बारेमा कुरा गर्न चाहने सबै शान्तिकामीलाई  नको जवाफ हो। पुटिन एक आतंकवादी हुन जसले मिसाइलसँग वार्ता गर्छन्’  कुलेबाले ट्वीटरमा लेखेका छन्।

रुसले सोमबार राजधानी किभ र दक्षिण पश्चिमका सहरहरूलाई लक्षित गरी घातक हमला गरेको थियो। रुसी सनोले कम्तीमा  ७५ वटा मिसाइल प्रहार गरेको युक्रेनले दाबी गरेको छ। केही साताको अन्तरालपछि रुसी सेनाले शृंखलाबद्ध हमला गरेको थियो। हमलामा देशको उर्जा पूर्वाधारमा पनि ठूलो क्षति भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×