भारत। बलिउडका हास्यव्यंग्य कलाकार कपिल शर्माको बायोपिक बन्ने भएको छ l चलचित्रको नाम ‘फनकर’ राखिएको छ l लाइका प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रलाई चलचित्र 'फुक्रे'का निर्देशक मृगदीप सिंह लाम्बाले निर्देशन गर्नेछन्।
'फुक्रे रिटर्न्स'को निर्माण कार्य सकिएपछी चलचित्रको काम थालिनेछ। चलचित्रमा कपिलको भूमिका कसले निभाउने भन्ने आधिकारिक पुष्टि भने भइसकेको छैन। चलचित्रका प्रस्तुतकर्ता सुभाषकरन हुन्। त्यसैगरि चलचित्रमा महावीर जैनको लगानी रहनेछ। यो कुराको जानकारी बलिउड समीक्षक तथा ट्रेड एनालिस्ट तरण आदर्शले दिएका हुन्।