काठमाडौँ - आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भूटानविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ।
मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो। नेपाल दोस्रो जितको खोजीमा रहेको छ। यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ।
पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको १९ वर्ष मुनीको महिला टोली दोस्रो खेलमा युएईसँग ८ रनमा अलआउट भएको थियो। भुटानले भने यसअघिका दुवै खेलमा हार व्यहोरेको छ। नेपाल २ खेलबाट २ अंक जोडेर तेस्रो स्थानमा रहँदा अंकविहीन भुटान तालिकाको पुछारमा छ।
छनोट खेलमा नेपालसहित, मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। नेपालले अब भोलि थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्ने तालिका छ।