काठमाडौँ- पार्कर खेलाडी दिनेश सुनारले छैटौं विश्व रेकर्ड राख्न सफल भएका छन्। ‘द मस्ट ब्याकवार्ड समरसल्ट ह्वाइल स्किपिङ इन ३० सेकेन्ड’ (३० सेकेन्डमा उल्टी हानेर डोरी खेल्ने) विधामा नयाँ विश्व रेकर्ड राखेका हुन्।
उनले जापानका दाइसुके मिमुराको नाममा रहेको रेकर्ड भंग गर्दै नयाँ रेकर्ड बनाएका हुन्।
यो विधामा जापानका दाईसुकेले ११ पटक उल्टी हानेर डोरी खेलेकोमा उनले १४ पटक डोरी खेल्न सफल भएका हुन्।
अमेरिकाको ओहायो राज्यको अक्रोन सहरस्थित सनसाइन तेक्वान्दो एकेडेमीले आयोजना कार्यक्रममा उनले रेकर्ड बनाएका हुन्।