भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे

बैतडी - मौसममा आएको परिवर्तनसँगै बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ।  लगातारको वर्षाका कारण भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका  हुन्।

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी बढी आउने गरेका छन्।  जिल्ला अस्पताल बैतडीमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्। जसमध्ये आधामा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिएका छन्।

पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढ्दै गएको छ, लक्षणहरु कोरोनासँग मिल्दोजुल्दो हुने गरेको छन्। कुनै कुनैमा कोरोना सङ्क्रमण पनि देखिन थालेको छ। उनले भने,'गएको सातादेखि अस्पतालमा बिरामीकोे चाप बढ्दै गएको छ, कुनै कुनै ज्वरोका बिरामीलाई भर्ना गरेर पनि उपचार गर्नु परेको छ।' निरन्तर वर्षा भइरहेको र दूषित पानीको प्रयोगले  भाइरल ज्वरोका बिरामी बढेका हुन्।

उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताएका छन्। उनेले भने,'एक हप्तायता स्वास्थ्य चौकीमा आउने बिरामीहरुमध्ये धेरै ज्वरो र रुघाखोकीका छन्। भाइरल ज्वरोबाट  बालबालिका बढी प्रभावित भएका छन्।'

सरकारीमा मात्रै नभएर निजी मेडिकलमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनदेखि आफ्नो मेडिकलमा पनि ज्वरोका बिरामी बढ्दै गएका प्रकाश मेडिकल हलका सञ्चालक प्रकाशचन्द्र भट्टले बताए। बालबालिकालाई समेत भाइरल ज्वरोले नछोडेको उनको भनाइ छ।

मौसममा परिवर्तन र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो। वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक दीपेश श्रेष्ठको आग्रह रहेको छ। यसका साथै व्यक्तिगत र वातावरणीय सरसफाइमा पनि विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×