म अब १०/१५ वर्षमात्रै राजनीति गर्छु त्यसपछि विश्राम लिन्छु : गगन थापा

काठमाण्डाै। देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन्। देशमा धेरै कुरा बिग्रेको र त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको उनले बताएका हुन्।

शनिबार काठमाण्डौमा विनायक सिद्धी कलेजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए। महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पुर्याउने संकल्पसहित आफूले अवको १०/१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहोर्याए। उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

'म अब १०/१५ वर्षमात्रै नेपालको राजनीतिमा क्रियाशील रहन्छु । त्यसपछि विश्राम लिन्छु भन्ने मेरो संकल्प छ। मैले विश्राम लिँदै गर्दा नेपाल योभन्दा धेरैमाथि पुगेको हुनेछ भन्ने कुरामा मेरो विश्वास छ' महामन्त्री थापाले भने। 'यसका लागि जम्मा एउटा कुरा चाहिएको छ, सकारात्मक सोच्ने तन्नेरीहरु। उनले भने।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×