नकारात्मक सोचका कारण आत्महत्याका घटनामा वृद्धि : मन्त्री खड्का

मकवानपुर - बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्काले मानिसमा बढ्दो नकारात्मक सोचका कारण आत्महत्याका घटनाको दर उकालो लाग्ने चरणमा पुगेको बताएकी छिन्।

मंगलबार आत्महत्या न्यूनीकरण रिपोर्टिङ सम्बन्धी कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दै मन्त्री खड्काले आत्महत्या न्यूनीकरणका लागि मानिसले आफ्नो सोचलाई सकारात्मक ढंगबाट परिवर्तन गर्नुपर्ने बताएकी हुन्।

आत्महत्याका घटना न्यूनीकरणका लागि सबै नागरिकहरु एकताबद्ध भएर सचेतनात्मक अभियानमा जुट्नुपर्ने उनले बताइन्। चुनौतीको रुपमा देखा परेको आत्महत्याका घटनालाई निरुत्साहित गर्न सरकारले गरेका पहलहरुलाई सघाउन सबै पक्षले भूमिका खेल्नुपर्ने उनको भनाइ छ। उनले स्थानीय सरकारले विद्यालय, समुदाय, टोलटोलमा विभिन्न कार्यक्रम गर्नुपर्ने बताइन्।

मन्त्री खड्काले अभिभावकले आफ्ना सन्तानहरु प्रति बढी चासो निगरानी गर्नसके आत्महत्याका घटना कम हुने बताइन्।  

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको आयोजनामा भएको गोष्ठीमा हेटौंडा अस्पतालका डा। उद्धव लामा, प्रदेशको स्वास्थ्य मन्त्रालयका निमित्त सचिव दीपक तिवारी, केन्द्रका निमित्त निर्देशक शीला श्रेष्ठले आत्महत्या घटनाका विवरण प्रस्तुत गर्नुका साथै आत्महत्या घटनाको विषयमा समाचार सम्प्रेषण गर्दा पत्रकारले ख्याल गर्नुपर्ने कुरा र प्रयोग गर्नुपर्ने भाषाका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा मानसिक स्वास्थ्य, आत्महत्या गर्नुको कारण, रोकथामका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो। मानिसहरु झुण्डिएर, विष प्रयोग गरेर, हाम फालेर आत्महत्या गरेको पाइएको जनाइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×