रुपा गाउँपालिका अध्यक्षमा एक महिलासहित तीनको उम्मेदवारी

पोखरा - स्थानीय तहको निर्वाचनमा रुपा गाउँपालिकाको अध्यक्षमा एक महिलासहित तीन जनाले उम्मेदवारी दिएका छन्। तीन पार्टीका अध्यक्षमध्ये नेपाली कांग्रेसको तर्फबाट महिला उम्मेदवार गिमाया गुरुङले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

त्यसैगरी एमालेको तर्फबाट नवराज ओझा, राष्ट्रिय जनमोचाका सोमनाथ अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको रुपा गाउँपालिका निर्वाचन अधिकृत रुद्रप्रसाद सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार रुपाको उपाध्यक्षमा ५ पार्टीका ३ पुरुष र २ महिलासहित ५ जनाले उम्मेदवारी दिएका छन्। 

रुपामा एमालेको तर्फबाट लालसुबा गुरुङ, कांग्रेसका नारायणकुमार श्रेष्ठ, माओवादी केन्द्रका नवराज बराल, नेकपा एसका कपिल पौडेल र राष्ट्रिय जनमोर्चाकी शान्तिदेवी बोहोराले उम्मेदवारी दर्ता गराका छन्।

एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार नवराज ओझा र उपाध्यक्ष लालसुबा गुरुङ यसअघिका सोही गाउँपालिकाका निर्वाचित प्रतिनिधि छन्। रुपाको सबै पदमा ११७ जनाको उम्मेदवारी परेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×